काठमाडौं । बुधबार देशभरका शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरेका छन् । सरकारले वार्तामा बस्न पटकपटक गरेको आग्रहलाई अस्वीकार गर्दै शिक्षकहरुले काठमाडौं केन्द्रित सडक आन्दोलन सुरु गरेका हुन् ।
संविधानअनुसार शिक्षा विधेयकमा शिक्षकको सरुवा, बढुवा, नियुक्ति कार्यसम्पादन, सेवासुविधा तथा स्थानीय तहको अन्डरमा रहनुपर्ने व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सम्पूर्ण पठनपाठन नै ठप्प पारी शिक्षकहरुले आन्दोलन थालेका हुन् । आन्दोलनरत शिक्षकहरुले बिहीबारदेखि अनिश्चितकालीन विद्यालय बन्दको घोषणासमेत गरेका छन् । आन्दोलनका क्रममा अनिश्चितकालीन विद्यालय बन्दको घोषणा गरेका उनीहरुले शिक्षक र शिक्षा क्षेत्रको सुदृढिकरणको लागि दुईचार दिन पढाई नहुँदा पनि केही नहुने तर्क गरेका छन् ।
बुधबार काठमाडौंको माइतीघरबाट सुरु भएर बानेश्वरमा कोणसभामा परिणत भएको आन्दोलनमा देशभरीका करिब २० हजार शिक्षकहरुको सहभागिता रहेको थियो । आन्दोलनमा शिक्षकहरुले ‘राहत र उमावि दरबन्दी स्वीकृत गर’, ‘कक्षा १२ सम्म अनिवार्य तथा पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर’, ‘दश वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर’ लगायतका नाराहरु लगाएका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्