×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

…र यसरी सम्पन्न भयो हरितालिका तिज (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार

PRIME CA

…र यसरी सम्पन्न भयो हरितालिका तिज (फोटो-कथा)

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा देवादिदेव महादेवको पूजाआराधना गरी हरितालिका (तीज) पर्वको व्रत बसेका व्रतालुले मंगलबार बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । सामान्यतया अरू व्रत त्यसै दिन बेलुकी समापन गर्ने विधि भए पनि हरितालिका (तीज) व्रत भने भोलिपल्ट बिहानमात्र उद्यापन गर्ने शास्त्रीय परम्परा छ । भाद्र शुक्ल तृतीयाकै बेलुकी पूजा लगाएका व्रतालुले पनि व्रत समापन चतुर्थीको बिहान गरेपछि मात्र भोजन गर्ने गर्छन् ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।

मंगलबार हरितालिकाको व्रत समापनसँगै भक्तजनले गणेशको पूजाआराधना गरी आजै गणेश चतुर्थी पर्व मनाउँदै छन् । सत्ययुगमा आजका दिन भगवान् शिव र पार्वतीका पुत्रका रुपमा गणेश भगवान्को जन्म भएको विश्वास गरिन्छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: