×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थकाई बिदापछि मण्डनदेउपुरका मेयर पहिलोपटक मिडियामा, थकाई मारे त कर्मचारीले ? (ग्राउण्ड जिरो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार

PRIME CA

थकाई बिदापछि मण्डनदेउपुरका मेयर पहिलोपटक मिडियामा, थकाई मारे त कर्मचारीले ? (ग्राउण्ड जिरो रिपोर्ट)

काठमाडौं । बिदा अक्सर चाडपर्व, दिवस वा विशेष उत्सवमा  दिने गरिन्छ र तपाई हामीले पनि यस्तै बिदा देख्दै र सुन्दै आएका छौँ । तर, काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले भने आफ्ना कर्मचारीलाई थकाई मार्नका लागि ‘थकाई बिदा’ पारित गरेको छ । उक्त नगरपालिकाले ‘थकाई बिदा’ पारित मात्रै गरेन बरु असोज ४ गते नगरपालिकाभरी थकाई मार्ने बिदा दियो ।

मण्डनदेउपुर नगरपालिकाको पूरानो प्रशासनिक भवनबाट नयाँ प्रशासनिक भवनमा सामान ओसार्ने र व्यवस्थापन गर्ने क्रममा कर्मचारी र जनप्रनिधि थकित भएको भन्दै नगरपालिकाले एक दिन थकाई मार्ने बिदा दिएको हो । नगरपालिकाले दिएको उक्त बिदाको यतिबेला चौतर्फी रुपमा विरोध भईरहेको छ । र यहीबीच अर्थ सरोकारको टिम थकाई मारेर फर्किएका कर्मचारी र जनप्रतिनिधिको प्रतिक्रिया लिन काभ्रेको मण्डनदेउपुर नगरपालिकामै पुगेको थियो ।

अर्थ सरोकारको ‘ग्राउण्ड जिरो रिपोर्टिङ’का क्रममा नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले बिदाका सन्दर्भमा निकालिएको सूचनामा लेखाईमा त्रुटी भएको स्वीकारेका छन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहले पाएको बिदा स्वीकृतिको नियमअनुसार नै बिदा दिएको बताउँदै नगरपालिकाका मेयर टोक बहादुर वाइबाले लेखाईमा भने त्रुटी भएको स्वीकार गरेका हुन् । नगरपालिकाले दिएको थकाई बिदाका विषयमा नगरपालिकाका अन्य कर्मचारी र स्थानीयसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: