×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

चीनमा ४ करोड ५० लाख अमेरिकी डलर हिनामिना गर्ने इन्स्योरेन्स कम्पनीका पूर्वअध्यक्ष वाङलाई मृत्युदण्ड !

SAGARMATHA CEMENTS

काठमाडौं । चाइना लाइफ इन्स्योरेन्स ग्रुपका अध्यक्ष वाङ बिनलाई मृत्युदण्डको सजाय हुने भएको छ । करिब चार करोड ५० लाख अमेरिकी डलर हिनामिना गरेको आरोपमा दुई वर्षको जेल सजायपछि वाङलाई मृत्युदण्डको सजाय कार्यान्वय हुने फैसला गरिएको हो ।

घुस लिएको र विदेशमा बचत लुकाएको अभियोगमा दुई वर्षको जेल सजायपछि मंगलबार पूर्वी चीनको शान्दोङ प्रान्तको जिनास्थित ‘इन्टरमिडिएट पिपुल्स कोर्ट’ले यस्तो फैसला सुनाएको हो ।

यसो त वाङले सन् १९१७ देखि २०२१ को बीचमा चीनका विभिन्न वित्तीय संस्थाबाट आफूले ३२ करोड ५० लाख युआन (करिब चार करोड ५० लाख अमेरिकी डलर) बराबरको पैसा र बहूमुल्य सामान हिनामिना गरेको स्वीकारेका छन् । यसरी उक्त रकम तथा सामान वाङले आफ्नो आफन्तमार्फत लिने गरेका थिए ।

आफन्तको खातामा पाँच करोड ६४ लाख २० हजार युआन बराबरको विदशी मुद्रा जम्मा गरेको र बचत लुकाएको अभियोगमा अदालतले उनलाई दोषी ठहर गरेको थियो । उक्त फैसलापछि वाङको व्यक्तिगत सम्पत्ति जफत गर्नुका साथै उनलाई आजीवन राजनीतिक अधिकारबाट बञ्चित गरिएको थियो । वाङलाई दुई वर्षको जेल सजायपछि सुनाइएको मुत्यदण्डको फैसलालाई आजीवन कारावासमा परिणत गर्न मिल्ने तर थप कटौती वा छुट प्रदान गर्न नमिल्ने अन्तराष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal