काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाको मर्जरबारे पनि सोच्नुपर्ने बताएका छन् । नेपाल न्युज बैंकसँगको अन्तर्वार्ताका क्रममा उनले संख्यात्मक भन्दा पनि गुणात्मक सञ्चारमाध्यमको आवश्यकता रहेको बताउँदै उनले श्रमजिवी पत्रकारहरुलाई सित्तैमा काम लगाउँदा सञ्चार गृहको इज्जत नरहनेसमेत बताएका छन् । श्रमजिवीलाई सित्तैमा काम गराउँदा मिडिया हाउसहरुको इज्जत नरहने टिप्पणी गर्दै अध्यक्ष बस्नेतले श्रमजिवी पत्रकारहरुको श्रमको समस्या आन्तरिक रुपमै व्यवस्थापन र समाधान नगर्ने हो भने सञ्चारगृहहरु नै चल्न नसक्ने बताएका छन् ।
‘श्रमजिवीका मागहरु सुनुवाई गरेको देखिँदैन । यसले श्रमजिवीलाई समस्यामाथि समस्या थपिदिएको छ । यदी पत्रकारीतालाई स्वच्छ,स्वतन्त्र र सक्षम तरिकाले अगाडि बढाउने हो भने समस्या समाधान गर्न मिडिया हाउसले बुझेर लाग्नुपर्छ । राम्रोसँग पत्रकारीता गरेर मिडियाहाउसलाई अगाडि बढाउने हो भने आन्तरिक रुपमा श्रमजिवीका घरभित्रका जल्दोबल्दो समस्यालाई यत्तिकै राखेर मिडियाहाउस चल्न सक्दैन ।’उनले भने ।
उनले अनलाइन मात्रै नभएर लामो इतिहास बोकेका प्रिन्ट र ब्रोडकास्ट मिडियालेसमेत श्रमजिवीलाई समस्यामा पारेकै कारण त्यसको नकारात्मक प्रभाव विषयवस्तुमा परेको टिप्पणी गरे । श्रमजिवी पत्रकारका पेशागत समस्यालाई प्रत्यक्ष रुपमा नेतृत्व लिने निकाय नेपाल पत्रकार महासंघले पत्रकार र मिडिया हाउससँग समन्वय गरेर हाल चर्चामा रहेका मुद्दाको समाधान गर्न पनि अध्यक्ष बस्नेतको सुझाव छ।
उनले प्रेस काउन्सिल स्वतन्त्र र स्वायत्त भएर आग्रह पूर्वाग्रहविना नै कार्य गर्दै आएको दाबी पनि गरे । ‘प्रेस काउन्सिल स्वतन्त्र र स्वायत्त निकाय हो र छ पनि । यसमाथि काँही कतैबाट हस्तक्षेप हुनुहुँदैन भन्ने मान्यता हो,कानूनी रुपमै पनि स्वतन्त्र र स्वायत्त छ । सरकारले कहिलेकाँही बुझ्दैन र आफ्नो स्वार्थ अनुसार काम गराउन खोज्ने या काउन्सिलले यस्तो गर्दिए हुन्थ्यो भन्ने इक्ष्या कहिले काँही राख्न सक्छ ।’ उनले भने, ‘काउन्सिलले कुनै कोणबाट राजनीतिक दबाब वा हस्तक्षेप हुन आउँछ भने त्यसमा काउन्सिलले आफ्नो स्वायत्तता के गरी बचाउन सकिन्छ त्यो पाटोमा हेर्नुपर्छ र सोही अनुसार नै हामी काम गर्दै आएका छौं ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्