×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा बचत खाता खोल्ने भन्दा ऋण लिने धेरै, सबैभन्दा धेरै ऋण मधेश प्रदेशमा खनियो ! 

PRIME CA
GLOBAL IME BANK

नेपालमा बचत खाता खोल्ने भन्दा ऋण लिने धेरै, सबैभन्दा धेरै ऋण मधेश प्रदेशमा खनियो ! 

१४ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपालमा बचत खाता खोल्ने भन्दा ऋण लिनेहरु धेरै रहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजा विवरण अनुसार नेपालमा बैंकमा बचत खाता खोल्ने भन्दा ऋण लिनेहरु धेरै रहेको पाइएको हो । 

तथ्यांक कार्यालयको तथ्यांक अनुसार नेपालमा कुल जनसङ्ख्याको २५.५६ प्रतिशत व्यक्तिले बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता खोलेको पाइएको छ । हाल नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रहेको छ । जसको २५.५६ प्रतिशत अर्थात ७४ लाख नौ हजार एक सय ८१  जनाले बैंक तथा वित्तीय संस्थामा कम्तिमा एउटा खाता खोलेको देखिएको छ । 

त्यस्तै, कुल एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ जना पुरुषमध्ये २६.४२ प्रतिशत र कुल एक करोड ४९ लाख ११ हजार २७ जना महिलामध्ये २४.७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा खाता रहेको तथ्यांकमा उल्लेख गरिएको छ । 

त्यस्तै देशभरका कुल परिवार सङ्ख्यामध्ये २५.५९ प्रतिशत परिवारले कुनै न कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएको देखिएको छ । प्रदेशअनुसार हेर्दा त्यस्ता ऋण लिने परिवार सबैभन्दा बढी मधेश प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: