×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अव उपचार गर्न ढिलो भयो, अर्थतन्त्र ‘डिप डिप्रेसन’मा पुगिसक्यो : वीरेन्द्रराज पाण्डे

PRIME CA
GLOBAL IME BANK

अव उपचार गर्न ढिलो भयो, अर्थतन्त्र ‘डिप डिप्रेसन’मा पुगिसक्यो : वीरेन्द्रराज पाण्डे

२५ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष वीरेन्द्रराज पाण्डेले अर्थतन्त्र ‘डिप डिप्रेसन’ मा पुगेको बताएका छन् । बिहीबार राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

डेढ वर्षअघि विदेशी मुद्रा सञ्चितीमा परेको असरका कारण चालिएका कदमले अर्थतन्त्रको अवस्था नाजुक भएको पाण्डेले बताए । उनले भने, ‘डेढ वर्षअघि विदेशी मुद्रा सञ्चितीमा परेको असरका कारण चालिएका कदमका कारण आजको अर्थतन्त्र यो अवस्थामा पुगेको हो । विस्तारै सुधार गर्दै लैजाऔं भन्दा हाम्रो कुरा सुनिएन । अब उपचार गर्न ढिलो भयो । अर्थतन्त्र डिप डिप्रेसनमा गइसक्यो । सुधारका लागि चाहिने पहल भएको छैन ।’

बैंकहरुमा राम्रो लगानीयोग्य पुँजी हुँदाहुँदै पनि उद्योगीहरुले ऋण लिन नसकेको र यही अर्थतन्त्रको मूल समस्या भएको उनको भनाई छ ।

उनले लगानी नबढ्ने खर्च नगर्ने हो भने अर्थतन्त्रमा सुधार आउन नसक्ने पनि बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: