×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सरकारी कार्यशैलीमा सुधार आवश्यक छ’ : चन्द्र ढकाल

PRIME CA
GLOBAL IME BANK

‘सरकारी कार्यशैलीमा सुधार आवश्यक छ’ : चन्द्र ढकाल

२५ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारी कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारी काम कारवाहीमा ढिलासुस्तीले गर्दा नेपालमा आशा गरे अनुसारको लगानी नभित्रिएको उनले तर्क गरेका थिए । त्यस्तै, केहि समय अगाडी अमेरिकी सरकारले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सरकारी ढिलासुस्तीले पनि नेपालमा लगानी नभित्रिएको कारण देखाएको उनले बताएका थिए । ‘अमेरिकी सरकारले केहि समय अघि सार्वजनिक गरेको प्रतिवेदन अनुसार सरकारी ढिलासुस्ती पनि लगानी नआउनुको एउटा कारण देखाएको छ । कतै हाम्रो कार्य प्रणाली भित्र पनि विदेशीले यस्तै अप्ठेरो देखेका त छैनन् ? यदि त्यसो हो भने सुधार आवश्यक छ ’ उनले भने ।

साथै, नेपालमा संचालित प्राय सबै कम्पनीले राम्रो मुनाफा कमाई रहँदा पनि नयाँ लगानी नआएको उनले बताएका थिए । अर्थतन्त्रमा निराशा एउटा सूचक भएको बताउँदै उनले यस्ता सूचकहरु बढदै गए अर्थतन्त्र मन्दीमा जाने चेतावनी दिएका थिए ।

नेसनल व्युरो अफ इकोनोमिक रिसर्चका अनुसार लामो समयसम्म आर्थिक गतिविधि सुस्त रहनु पनि आर्थिक मन्दी हो । ‘सम्माननीय प्रधानमन्त्रीज्यू करिब डेढ बर्षदेखि सुस्ताएको अर्थतन्त्रमा कसरी मन्दी गहिरिँदै गयो ?’ उनले प्रश्न गरे ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: