×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैं घरमा विधिवतरुपमा जमरा राखियो (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : २८ आश्विन २०८०, आईतवार

PRIME CA

दशैं घरमा विधिवतरुपमा जमरा राखियो (फोटो-कथा)

काठमाडौं । घटस्थापना अर्थात वडा दशैंको पहिलो दिन काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा विधिवतरुपमा जमरा राखिएको छ । बिहान ११ बजेर २९ मिनेटको शुभ साइतमा हनुमानढोका दरबारका पुजारीले जमरा राखेका हुन् ।

सो क्रममा नेपाली सेनाको ब्याण्ड बाजाटोलीले मंगल धुन बजाउँनुको साथै बन्दुक पड्काएर बढाइँ गरिएको छ । हनुमानढोकाको दसैँघरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मंगल धुन बजाइन्छ । जमरा छरेपछि मानिसमा सुख, शान्ति छाउँने र रोगहरु भाग्ने जनविश्वास र शास्त्रीय मान्यता रहेको भन्दै त्यसैलाई मध्यनजर गरेर जमरा छर्ने गरेको हनुमानढोकाका पूजारी सागर खरेलले बताएका थिए ।

हनुमानढोकामा जमरा राखिसकेपछि मात्रै सबै स्थानियले जमरा राख्ने चलन रहेको छ । यसैगरी हनुमानढोको साथै मैतिदेवी लगायतका मन्दिरहरुमा पनि आज विधिवध रुपमा जमरा छरेर दशैँको सुरुवात गरिएको छ । बाँकि तस्विरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: