×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैंको चौथो दिन : कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदै… (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार

PRIME CA

दशैंको चौथो दिन : कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदै… (फोटो-कथा)

काठमाडौं ।  दशैंको चौथो दिन आज देशभरका शक्तिपीठहरुमा कुष्माण्डा भगवतीको पूजा गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको दैनिक पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री,आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

चौथो दिन आज कुष्माण्डा भगवतीलाई शुभकर्म थालनी,असत्यमाथिको जित र सृष्टिको प्रतीकको रुप मानेर शक्तिको लागि पुज्ने गरिन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । कुभिण्डो उष्ण हावापानीको प्रकृतिमा हुर्किने फल भएकाले यसको भित्री गुण शीतल हुने हुँदा कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजा गर्ने चलन छ ।

त्यसैले शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डोको विधिपूर्वक पूजा गरी शाकाहारी समुहले त्यसैको महाअष्टमीमा बलिसमेत चढाउने दिने गर्दछन् । कुष्माण्डामा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा चिसो रगत भएका माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना गर्ने शक्ति रहेको शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । बाँकि तस्विरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: