×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैंको दोश्रो दिन : नवदुर्गाको दोस्रो स्वरुप ब्रह्मचारिणी भगवतीको पूजा आराधना गरिँदै… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दशैंको दोश्रो दिन : नवदुर्गाको दोस्रो स्वरुप ब्रह्मचारिणी भगवतीको पूजा आराधना गरिँदै… (फोटो-कथा)

Artha Sarokar

२९ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बडादशैंको दोस्रो दिन आज नवदुर्गामध्ये नवदुर्गाको दोस्रो स्वरुप ब्रह्मचारिणी भगवतीको पूजा आराधना गरिँदै छ । ब्रह्मचारिणी भगवतीलाई ब्रह्म विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने गरिन्छ ।

दाहिने हातमा रुद्राक्षको माला र बायाँ हातमा कमण्डलु लिएकी देवी ब्रह्मचारिणीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीकका रुपमा पुजिन्छ ।

देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको तथा महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाअर्चना गरी प्रसन्न पार्ने गरिन्छ ।

देवी ब्रह्मचारिणीको पूजाआराधना गर्न भक्तजनहरू बिहानैदेखि विभिन्न देवी शक्तिपीठमा पुगेका छन् । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा अर्चना र आरधना गर्ने गरिन्छ । बाँकि तस्विरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी