×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समापनतर्फ महान चाड बडादशैँको: बा-आमालाई धान भित्र्याउने चटारो, शहरमा जागिरे छोराछोरीलाई गाउँ छोड्न हतारो…

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

समापनतर्फ महान चाड बडादशैँको: बा-आमालाई धान भित्र्याउने चटारो, शहरमा जागिरे छोराछोरीलाई गाउँ छोड्न हतारो…

Artha Sarokar

९ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दशैँको तेश्रो दिन पनि मान्यजनबाट टिका र जमरा थापी दशैँ मनाउने क्रम जारी भए पनि अधिकांशलाई भने दशैँ सकिएको छ । दशैँमा निरन्तर दुई दिन टिका र जमरा थाप्ने क्रम सकिएपछि अधिकांश गाउँमा धान भित्र्याउने चटारो छ भने जागिर गर्नेहरुलाई अफिस भ्याउन घरबाट हिड्ने हतारो छ ।
दशैँको बिदा भएकाहरु अधिकांसले आउँदो आइतबारदेखि जागिरमा हाजिरी गर्दैछन् भने कतिपयको काम शुक्रबारबाट नै सुरु हुने भएको छ । त्यसैले शुक्रबार कार्यालयमा हाजिर हुनका लागि घरबाट बिदा भएर शहर पस्नेहरुको संख्या बढेको छ भने आइतबारबाट अफिसको काम गर्नुपर्नेहरु पनि घर छोड्ने तरखरमा छन् ।
विशेषगरी सुदुरपश्चिम वा सुदुरपूर्व पुगेकाहरु र काठमाडौँ फर्किनुपर्नेहरु हतारमा देखिएका छन् । फूलपातीदेखि नै कार्यालयबाट बिदा भएका उनीहरु शुक्रबार कार्यालयमा हाजिर हुनुपर्ने बाध्यतामा छन् । काठमाडौँ पुग्न नै २ दिनको समय चाहिने हुनाले पनि उनीहरु काठमाडौँ फर्किन हतारिएका छन् ।
गाउँघर पुगेकाहरु फर्किन थालेपछि गाउँको रौनक पनि हट्दै गएको छ । दशैँको माहोल सकिँदै गर्दा गाउँघरमा रहेकाहरु खेती किसानीमा व्यस्त हुन थालेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी