×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सवारी दुर्घटनामा परी राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको निधन !

PRIME CA

सवारी दुर्घटनामा परी राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको निधन !

अर्थ सरोकार

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार

काठमाडौँ । काठमाडौँमा भएको सवारी दुर्घटनामा परी एक बैंकरको निधन भएको छ । आइतबार राती काठमाडौँको बुढालिकण्ठमा भएको सवारी दुर्घटनामा परी राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी राजसागर अधिकारीको निधन भएको हो । उनी बैंकको एयरपोर्ट शाखामा कार्यरत रहेका थिए ।

नुवाकोट गणेशस्थान ४ स्थायी घर भएका अधिकारी आइतबार राती स्कुटरमा बुढानिलकण्ठस्थित निवासमा फर्किदै गरेका थिए । सोही बेला विपरित दिशाबाट आएको बा९५प २६०७ नम्बरको डुकाटी बाइकले ठक्कर दिँदा अधिकारीको निधन भएको प्रहरीले जानकारी दिएको छ ।

अधिकारी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्तासमेत रहेको पाइएको छ । उनले स्याङ्झाबाट बीमा व्यवसाय गर्दै आएका थिए ।

त्यस्तै, प्रहरीका अनुसार उक्त दुर्घटनामा परी अधिकारीको स्कुटरमा सवार थप एकजना घाइते भएका छन् । उनी सिद्धार्थ बैंकका कर्मचारी रहेको पाइएको छ । हाल उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: