×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विकास बैंकहरुले पनि ब्याजदर घटाए !

PRIME CA
GLOBAL IME BANK

विकास बैंकहरुले पनि ब्याजदर घटाए !

३० आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । विकास बैंकहरुले पनि कार्तिक महिनाको लागि ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदर सार्वजनिक गर्ने ९ विकास बैंकलेमध्ये सबै बैंकले ब्याजदर घटाएका छन् ।

गरिमा विकास बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंकले ०.७५ प्रतिशतले ब्याजदर घटाएका हुन् । त्यस्तै, लुम्बिनी विकास बैंकले १.७५ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंक ले ०.२० प्रतिशतले ब्याजदर घटाएका हुन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रियको छ भने कर्जा विस्तार हुन सकेको छैन । त्यसैले बैंकहरुलाई ब्याजदर घटाउनुको विकल्प थिएन ।

निक्षेपको ब्याजदरसँगै अब कर्जाको ब्याजदर पनि घट्दै जानेछ । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत बिन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । सोहीअनुसार विकास बैंकहरुले कात्तिका लागि नयाँ ब्याजदर निर्धारण गरेको छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: