काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकर कमिसनसँगै नेपाल धितोपत्र बोर्डले लिँदै आएको कमिसन पनि घटाएको छ । बुधबार बसेको बोर्डको सञ्चालक समिति बैठकले सेयर ब्रोकर कमिसन र धितोपत्र बोर्डले लिने कमिसन घटाउने निर्णय गरको हो ।
यस अघि ब्रोकर कमिसन घटाउन खोज्दा सेयर ब्रोकरहरुले विरोध गरेका थिए । ब्रोकरहरुले आफ्नो कमिसन घटाउने भए धितोपत्र बोर्डको कमिसन पनि घट्नुपर्ने बताएका थिए । त्यसपछि बोर्ड अध्यक्ष रमेश कुमार हमालले ब्रोकर कमिसनसँगै बोर्डको कमिसन पनि घटाउने बाचा गरेका थिए । उनले भने अनुसार नै दुवै खाले कमिसनमा १० प्रतिशतको घटोत्तरी देखिएको हो ।
बोर्डको यो निर्णयसँगै सेयर बजारमा खुसीयाली छाएको छ । बोर्डले गरेको यस्तो निर्णयको प्रभाव बुधबारको नेप्से परिसूचकमासमेत देखिएको छ । बजार समयमा सार्वजनिक भएको यो निर्णयले नेप्सेमा हरियाली छाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्