×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘हाम्रा नेताहरूको मुल्यांकन गर्ने बेला भएको छैन’ : अर्याल

PRIME CA
GLOBAL IME BANK

‘हाम्रा नेताहरूको मुल्यांकन गर्ने बेला भएको छैन’ : अर्याल

२४ आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले आफ्ना नेता कार्यकर्ताहरूको मुल्यांकन गर्ने बेला नभएको बताएका छन् । बुधबार पार्टीको प्रथम काठमाडौं जिल्ला भेला कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

त्यस्तै अर्यालले पार्टीले नीति बनाउन नसक्दा केही कमजोरी हुने तर कसैमाथि पनि आक्रामक रुपले प्रस्तुत हुने र कारवाही गर्ने खालको काम गर्न नहुने बताएका थिए । उनले भने ‘पार्टी निर्माण गर्दै गर्दा नजानेर पनि साना-साना कमी कमजोरीहरू हुन सक्ने र पार्टीले नीति बनाउन नसक्दा केही कमजोरी हुन सक्नेछ । त्यसैले हाम्रा नेताहरूको मुल्यांकन गर्ने बेला भइसकेको छैन । कसैमाथि पनि आक्रामण रूपले प्रस्तुत हुने र कारवाही गर्ने खालको कामबाट हामी टाढा रहनु पर्छ ।’

उनले पार्टीभित्र विभिन्न प्रकारका डर, शंका, उपशंकाहरु उब्जेको अवस्थाबाट आफूहरू गुज्रिरहेको बताए । उनले भने ‘हामीकहाँ भित्रिएका साथीहरू सबै पार्टी बिगार्न भित्रेका पो हुन कि ? अरु पार्टीले पठाएका पो हुन् कि ? अरु नेताहरुले पठाएका पो हुन कि भन्ने शंका गर्नुपर्ने चरणमा हामी छौं । त्यसैले नआत्तिकन काम गर्नु पर्नेछ ।’

उनले राजनीतिलाई फोहोरको ढङ्गुर हो भनेर सोच्ने गरिएकामा शिक्षविद्, स्वस्थ्यविद्, इन्जिनियरहरु रास्वपासँग जोडिएको देख्दा खुसी लागेको बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: