×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिल नतिर्नेहरुको भकाभक लाइन काट्दै विद्युत प्राधिकरण !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बिल नतिर्नेहरुको भकाभक लाइन काट्दै विद्युत प्राधिकरण !

Artha Sarokar

१२ कार्तिक २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बिजुलीको बिल नतिर्नेहरु बढेपछि नेपाल विद्युत प्राधिकरणले भकाभक लाइन काट्न थालेको छ । डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत लिएका उपभोक्ताले विद्युत महसुल बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काट्न थालेको हो ।

हाल यसरी बक्यौता महसुल र सडक बत्तीबापत स्थानीय निकायले तिर्नुपर्ने महसुलबाहेक अन्य उपभोक्ताबाट करिब ११ अर्ब १८ करोड ६८ लाख रुपैयाँ बराबर रकम उठ्न बाँकी छ । तर, बक्यौता महसुल तिर्न उपभोक्ताले अटेर गरेपछि लाइन काट्ने कार्यलाई तिव्रता दिएको प्राधिकरणले जनाएको छ ।

मिटर रिडिङ भएको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएका उपभोक्ताको विद्युत लाइन काट्न सकिने प्रावधानअनुसार नै लाइन काट्ने कार्यलाई तिव्रता दिइएको प्राधिकरणका एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार अब मिटर रिडिङ भएको मितिले ६०औँ दिनसम्म पनि बक्यौता महसुल भुक्तान नगर्ने विद्युत उपभोक्ताको चरणबद्ध रुपमा लाइन काटिने छ ।

यसरी विद्युत महसुल नतिर्नेमा अधिकांश कार्यालय सरकारी कार्यालयहरु पनि रहेको प्राधिकरणले जनाएको छ । अब विद्युत महसुल नतिर्ने सरकारी कार्यालयहरुको पनि लाइन काटिने भएको छ । यसरी विद्युत महसुल नतिर्नेहरुको लाइन काट्न स्थानीय विद्युत वितरण केन्द्रलाई निर्देशन समेत दिइसकेको प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी