Skip to content
LAXMI SUNRISE BANK

‘प्राधिकरणनै गठन गरेर युवालाई तालिम दिन्छौं, प्रभावकारी बनाउन समस्या भए सुधार्न पनि तयार छौँ’ : अर्थमन्त्री महत

अर्थ सरोकार

काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले देश भित्रै रोजगारी सिर्जना गर्ने विषयमा सरकारले आवश्यक प्रयास गरिरहेको बताएका छन् । सिपमूलक तालिमका संभावना र योजना विषयक नीतिगत छलफल कार्यक्रममा उनले रोजगारमूलक तालिमलाई प्रभावकारी बनाउन नीतिगत समस्या भए त्यसलाई सुधार्न सरकार तयार रहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘कसरी रोजगार सुनिश्चित गर्ने भन्ने किसिमबाट अहिलेको आवश्यकता, माग र प्रविधिहरुलाई मध्यनजर गर्दै योजना बनाउँनुपर्ने हुन्छ । त्यसका लागि सरकारले काम गरिरहेको छ।’

उनले विदेशमा जाने युवाहरुलाई मध्यनजर राखेर श्रम मन्त्रालयले एउटा छुट्टै प्राधिकरण जस्तै गठन गरेर तालिम दिने प्रक्रिया अगाडि बढाएको बताएका छन् । यस्तै उनले अहिलेको माग र आवश्यकतालाई ख्याल गर्दै अघि बढ्न सबै पक्षले हातेमालो गर्न पनि अनुरोध गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK