×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैँको मुखमा बढे चोरीका घटना, बुटवलको देबीनगरमा दिनदहाडै पसलबाट सिलिण्डर चोरी !

अर्थ सरोकार

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार

PRIME CA

दशैँको मुखमा बढे चोरीका घटना, बुटवलको देबीनगरमा दिनदहाडै पसलबाट सिलिण्डर चोरी !

काठमाडौं । दशैंको मुखमा देशभर चोरीका घटना बढेका छन् । दशैँ मनाउन खर्च जोहो गर्ने बहानामा देशभर चोरहरु सलबलाएका हुन् । यसै क्रममा बुटवलमा दिनदहाडै चोरीका घटना बढ्न थालेका छन् । बुटवलको देवीनगरमा दिउँसै पसलबाट ग्यासको सिलिण्डर चोरी भएपछि बजारमा चोरीका घटना बढेको तथ्य थप प्रमाणित भएको छ ।

बुटवलस्थित देवीनगरमा रहेको एक पसलबाट दिन दहाडै ग्याँसको सिलिण्डर चोरी भएपछि अहिले सो घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ । पसलको सीसीटिभीमा सिलिन्डर चोरी गर्ने सो व्यक्तिको तस्विर कैद भएको छ । कैद भएको तस्विरलाई लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

दशैं नजिकिएसँगै शहरहरुमा बुटवल आसपासमा पनि चोरीका घटना बढ्न थालेका छन् । देशमा आर्थिक मन्दी र चाडबाडको पिरलोले दैनिक जसो विभिन्न किसिमका चोरीका घटना बढेको स्वयम् प्रहरीको निष्कर्ष छ ।

यसपटक आर्थिक मन्दीका कारण धेरैको दशैं खल्लो हुने भएपछि चोरीका घटना पनि बढ्ने अनुमान गरिएको छ । यस विषयमा गम्भीर हुन र सजग हुन प्रहरीलेसमेत आम नागरिकलाई अनुरोध गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: