काठमाडौँ । असोज महिनामा घरजग्गा कारोबार र कित्ताकाट बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार गत असोजको तुलनामा चालु आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार ४६.७६ प्रतिशत र राजस्व ३७.१२ प्रतिशतले बढेको छ भने कित्ताकाट अघिल्लो असोजको तुलनामा ८१.९७ प्रतिशत प्रतिशतले बढेको छ ।
गत साउन ३० मा मन्त्रिपरिषद् बैठकले सबै जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेसँगै घरजग्गाको कारोबार बढेको हो । अन्य क्षेत्रमा मन्दी आएका बेला घरजग्गाको कारोबारमा खुकुलो नगरेसम्म आर्थिक चलायमान नदेखिने सरोकारवालाहरुको आवाजपछि सरकारले घरजग्गाको कारोबार केहि खुकुलो बनाएको थियो । नेपाल राष्ट्र बैंकले समेत एकिकृत निर्देशनमार्फत घरजग्गामा लगानी गर्ने सिमालाई बढाएपछि घरजग्गाको कारोबार बढेको सरोकारवालाहरुको भनाई छ ।
यसो मन्दीमा कसले गर्दैछ खरिदबिक्री ?
यता घरजग्गाको कारोबार गर्नेहरुले भने मन्दीका कारण घरजग्गाको कारोबार नबढेको भन्दा पनि घरजग्गाको कारोबारमा कमी आएकोले बजारमा मन्दी देखिएको र सो समस्या समाधान गर्न सरकार अझै गम्भीर हुनुपर्ने बताउँछन् । ‘घरजग्गाको कारोबार चलायमान भएपछि अर्थतन्त्र नै चलायमान हुन्छ । यो विषयमा सरकार गम्भीर हुन जरुरी छ ।’ घरजग्गा कारोबारी सुशील घिमिरेले अर्थ सरोकारसँग भने, ‘अलिअलि पैसा हुनेले सस्तोमा पाएको स्थिति भएका कारण घरजग्गामा लगानी गरिरहेका छन् ।’ उनका अनुसार कित्ताकाट बढ्नुको कारण भने विभिन्न खालका हुन सक्छन् । ‘अंशबण्डाका कारण पनि कित्ताकाट बढ्छ । थोरै जग्गा बेचेर व्यवहार चलाउनुपर्दा पनि कित्ताकाट बढ्छ । त्यसैले कित्ताकाट बढ्दैमा वा समग्र घरजग्गाको कारोबार बढ्दैमा अर्थतन्त्रका समस्याहरु समाधान भयो वा अर्थतन्त्र चलायमान भयो भन्न मिल्दैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्