×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोकुल बाँस्कोटाको माग- अरनिको राजमार्गको नाम ‘सग्ला मान्छे कच्याककुचुक अन्तराष्ट्रिय राजमार्ग’ राखियोस्

अर्थ सरोकार

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार

PRIME CA

गोकुल बाँस्कोटाको माग- अरनिको राजमार्गको नाम ‘सग्ला मान्छे कच्याककुचुक अन्तराष्ट्रिय राजमार्ग’ राखियोस्

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अरनिको राजमार्गको नाम ‘सग्ला मान्छे कच्याककुचुक अन्तराष्ट्रिय राजमार्ग’ राख्नु पर्ने भदै ब्यङ्ग गरेका छन् । बास्कोटाले शुन्य समयमा बोल्दै राजमार्ग मर्मतको काम लामो समयसम्म नसकिएको भन्दै ब्यङ्ग गरेका हुन् ।

राजमार्ग विस्तारको काममा ढिलासुस्ती भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका थिए । ठेकदारको म्याद सकिएको तिन महिना हुँदा पनि धुलिखेलदेखि खवासम्मको ४ किलोमिटर सडक अझै नबनेको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए ।

‘यो बाटोले ४१२ जनाको हातखुट्टा भाचेको छ, दशैंको मुखमा कतिको भाचिने हो’, हस्पिटल खोल्छ कि नि:शुल्क उपचार गर्छ ? उनले भने ।  त्यस्तै, यस विषयमा मन्त्रालयको ध्यान जाओस् वा म अनसन बस्नु पर्ने हो ? भन्दै प्रश्न गरेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: