×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७ दिन निरन्तर घटेको सुनको मूल्य ८औँ दिनमा बढ्यो, मूल्य घट्दा पनि व्यापार छैन, आज कतिमा हुँदैछ कारोबार ?

PRIME CA
GLOBAL IME BANK

७ दिन निरन्तर घटेको सुनको मूल्य ८औँ दिनमा बढ्यो, मूल्य घट्दा पनि व्यापार छैन, आज कतिमा हुँदैछ कारोबार ?

१७ आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । लगातार सात दिन घटेको सुनको मूल्य ८औं दिनमा भने ३ सय रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज तिन सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९१ हजार ६ सय ५० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९१ हजार २ सय २० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय २३ रुपैयाँ निर्धारण गरेको छ ।

यता व्यापारीहरुले भने मूल्य घटेको स्थितिमा पनि सुनचाँदीको खास व्यापार नभएको बताईरहेका छन् । उनीहरुले आर्थिक मन्दीलाई व्यापार घट्नुको मुख्य कारण देखेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: