Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्यले तोड्यो ऐतिहासिक रेकर्ड, अहिलेसम्मकै महँगो !

अर्थ सरोकार

काठमाडौं । सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ । गत साउन महिनामा छापावाला सुन १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड कायम गरेको थियो ।

सोहि रेकर्डलाई ब्रेक गरेर बिहीबार छापावाला सुनको मूल्य १ लाख १३ हजार ७ सय रुपैयाँ पुगेको छ । बुधबार प्रतितोला १ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९७ हजार ४ सय ८० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९७ हजार १० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९६ रुपैयाँ निर्धारण गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK