काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संसदमा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले मंगलबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गरेका हुन् ।
महासचिव गुटेरेस संघीय संसद भवन नयाँ बानेश्वर पुग्दा सुरुमा संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमलगायतले स्वागत गरेका थिए । महासचिव गुटेरेस संसद भवन प्रवेश गरेपछि सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना मगर, राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायतले स्वागत गरेका थिए ।
सो अवसरमा महासचिव गुटेरेसले र सभामुख घिमिरे, राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना, उपभामुख राना मगर, राष्ट्रियसभा उपाध्यक्ष अर्यालसँग संक्षिप्त भेटवार्ता गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएका गुटेरेसले शान्ति प्रक्रिया र जलवायु परिवर्तनका विषयमा प्राथामिकतामा राखेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्