×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कार्तिक महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, १३ बैंकको ब्याजदर घट्यो, दुई बैंकको बढ्यो

PRIME CA

कार्तिक महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, १३ बैंकको ब्याजदर घट्यो, दुई बैंकको बढ्यो

३० आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । वाणिज्य बैंकहरुले कार्तिक महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुद्धारा प्रकाशित नयाँ ब्याजदर अनुसार ब्याजदर प्रकाशित गरेका १८ वाणिज्य बैंकहरुमध्ये अधिकांश बैंकहरुले कात्तिक महिनाको लागि घटाएर ब्याजदर सार्वजनिक गरेका छन् । त्यस्तै, दुई वटा वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छन् भने तिन वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका छन् ।

कार्तिक महिनाका लागि नेपाल एसबिआइ बैंक र एनएमबि बैंकले ब्याजदर बढाएका हुन् । नेपाल एसबिआइ बैंकले ०.७० प्रतिशतले ब्याजदर बढाएको छ भने एनएमबि बैंकले १.०१ प्रतिशतले ब्याजदर बढाएको छ ।

त्यस्तै, एभरेस्ट बैंक, प्रभु बैंक, स्टाण्डर चार्टर्ड बैंक, नेपाल बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक, प्राईम कमर्सियल बैंक, हिमालयन बैंक र एनआइसी एशिया बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरु मध्ये एभरेस्ट बैंकले सबैभन्दा बढी १.८३ प्रतिशतले ब्याजदर घटाएको छ ।

यता,राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक र लक्ष्मी सनराइज बैंकले भने असोज महिनाको ब्याजदरलाई निरन्तरता दिने भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: