×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माथिल्लो मैलुङ खोला जलविद्युतको आइपीओ बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

PRIME CA

माथिल्लो मैलुङ खोला जलविद्युतको आइपीओ बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

१८ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतको आइपीओ बिक्री खुला भएको छ । कम्पनीले असोज १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्कासन गरिसकेको छ । हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २०० कित्ता समेत थप गरेर कुल १२ लाख ८४ हजर २ सय कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको जनाएको छ ।

लगानीकर्ताले सो सेयरमा न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । त्यस्तै, यसमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिमा सबै सेयर बिक्री नभए कार्तिक २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: