काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीले कार्तिक १० गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपलीहरुको लागि आइपीओ बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले पहिलो चरणमा सर्वसाधारणका लागि छुट्याइएको कुल १३ लाख ७५ हजार कित्ता सेयर मध्ये १० प्रतिशत अर्थात् १ लाख ३७ हजार ५०० कित्ता सेयर बिक्री गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री गरिसकेपछि मात्र सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्युनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा कार्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त सेयरको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ लिमिटेडले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको ‘आइआरएन डबल बी माइनस (आइएस)’ रेटिङ दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्