×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिरख्वा हाइड्रोपावरको ८ लाख ५९ हजार ३ सय कित्ता आईपीओ बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

PRIME CA

चिरख्वा हाइड्रोपावरको ८ लाख ५९ हजार ३ सय कित्ता आईपीओ बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

२३ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बिक्री खुला भएको छ । हाइड्रोपवारले असोज २३ गते मंगलबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभवित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो । आयोजाना प्रभावित स्थानीयलाई ४ लाख कित्ता सेयर निष्काशन गरेको मध्ये स्थानीयले २ लाख ४ हजार ७ सय कित्ता सेयरको लागि मात्र आवेदन दिएका थिए ।

हाइड्रोपावरले स्थानीयलाई बिक्री गरेर बाँकि रहेको १ लाख ९५ हजार ३ सय कित्ता पनि थप गरेर कुल ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासनमा ल्याएको जनाएको छ । उक्त सेयरमा लगानीकर्ताले असोज २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा कार्तिक ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्रा एनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०७९ साल फागुन १ गते उक्त रेटिङ दिएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: