Skip to content
LAXMI SUNRISE BANK

सरकारको प्रशंसायोग्य काम : इजरायलबाट थप १९ नेपालीको उद्धार (नामावलीसहित)

अर्थ सरोकार

काठमाडौं । नेपाल सरकारले इजरायलबाट थप १९ नेपलीहरुको उद्धार गरेको छ । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको हो ।

उनीहरुलाई भारतीय विमानबाट नेपाल फिर्ता ल्याईएको हो । यसअघि काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज पठाएर २ सय ५४ नेपलीहरुलाई स्वदेश ल्याइएको थियो ।

पररास्ट्र मन्त्रालयका अनुसार भारतीय बिमानमार्फत उद्धार गरिएका नेपालीहरुलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने जनाएको छ । कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई सम्बन्धित स्थानमा पुर्याउने तयारी गरेको छ ।

उद्धार गरिएका नेपालीहरुको नामावली :

१. नन्दसिंह भुल
२. सुजेन्द्र खड्का
३.प्रतिभा रौनियार
४. अनुमा डंगोल
५. हिना खाँण
६. आतिस गुरुङ
७.जुनु गुरुङ
८. मौसमी पाख्रिन
९. प्रतिमा तिम्सिना
१०. राजकुमार मानन्धर
११. संगीता दुलाल
१२. उर्मिला रावल
१३. ममता थापा
१४. दिलकुमारी अधिकारी कार्की
१५. निश्चल श्रेष्ठ
१६. समिता बस्नेत
१७. अम्बिका सुवेदी
१८. सरिता गुरुङ
१९. उर्मिला श्रेष्ठ

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK