×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा १२ करोडको सिमा आवश्यक छैन : केपी ओली

अर्थ सरोकार

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार

PRIME CA

सेयर बजारमा १२ करोडको सिमा आवश्यक छैन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेयर बजारमा १२ करोडको सिमा आवश्यक नरहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताएका हुन् । सेयर बजारमा १२ करोडको सिमा आवश्यक नरहेकोले त्यसतर्फ सरकारको ध्यान जानुपर्ने उनको भनाई छ ।

‘१२ करोडको सिल तोकिदिएको छ उसलाई पनि । बजारलाई पनि । त्यो किन आवश्यक छ ? त्यतापट्टी सरकारको ध्यान जाओस् ।’ संसदमा बोल्दै ओलीले भने ।

प्रतिनिधिसभामा बोल्दै ओलीले अहिलेको सरकार अर्थतन्त्र ध्वस्त पार्न सरकार भष्मासुर भएर लागेकोसमेत आरोप लगाएका छन् । प्रतिनिधि सभामा बोल्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।

अर्थतन्त्रको स्थिति ठिक अवस्थामा रहेको बताउँदै ओलीले यस्तो गम्भीर विषयमा सरकार संवेदनशील नभएको आरोपसमेत लगाएका छन् । अर्थतन्त्र सबल बनाउन आफुहरुले अनेक सुझावहरु पेश गरेपनि बजेटमा ती कुराहरु सम्बोधन नगरेको बताएका छन् । अर्थतन्त्र कुनै पार्टी विशेषको नहुने बताउँदै उनले नेकपा एमाले अर्थतन्त्र बलियो बनाउन सहयोग गर्न तयार हुँदाहुँदै पनि सरकारले त्यसो गर्न नचाहेको आरोप लगाएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: