×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीको चीन भ्रमणबारे केपी ओलीको टिप्पणी- ‘उहाँ सन्चै जानुभयो, सन्चै आउनुभयो, अरु केहि पनि प्रगति भएन…’

PRIME CA
GLOBAL IME BANK

प्रधानमन्त्रीको चीन भ्रमणबारे केपी ओलीको टिप्पणी- ‘उहाँ सन्चै जानुभयो, सन्चै आउनुभयो, अरु केहि पनि प्रगति भएन…’

१७ आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण उपलब्धिमूलक नभएको बताएका छन् । बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा ओलीले यस्तो बताएका हुन् ।
‘उहाँ सन्चै जानुभयो, सन्चै आउनु भयो । अरू प्रगति केही भएको छैन,’ कुराकानीका क्रममा ओलीले भने । साथै ओलीले प्रचण्डले महाकालेश्वरदेखि मानसरोवरसम्मको धार्मिक यात्रा पाप पखाल्न गएको आरोपसमेत लगाए ।
‘तपाईँहरू घरमा पूजा लगाउनु हुन्छ नि ! कसले कत्रो पाप गरेको छ, उसले उत्रै पूजा लगाउँछ । उहाँको यात्रा पनि त्यस्तै हो ।’ सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ओलीले भने ।
एक अर्को प्रसङ्गमा ओलीले अहिले राज्यको खर्च हुने भएकाले मध्यावधि चुनावमा जान उचित नहुनेसमेत बताए । मध्यावादी चुनाव भएको खण्डमा एमालेले सिट बढाउने दाबीसमेत ओलीको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: