×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइक्यानका पूर्व पार्षद आफ्नै घरमा मृत भेटिए

अर्थ सरोकार

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार

PRIME CA

आइक्यानका पूर्व पार्षद आफ्नै घरमा मृत भेटिए

काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका पूर्व मेयर एवम् आइक्यानका पूर्व पार्षद डा. कृष्ण पौडेल आफ्नै घरमा मृत भेटिएका छन् । जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित घरमा कोही नभएको समयमा पौडेल मृत फेला परेका हुन् ।

उनी बिहीबार साझ ७ बजे मृत भेटिएको बाराका एसपी सुरेश काफ्लेले जानकारी दिएका थिए । ‘पौडेल सुत्ने कोठाको भुइँमा ओछ्याइएको कार्पेटमा लडिरहेको अवस्थामा भेटिनुभएको हो,’ उनले भने ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: