×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमात्र होइन एशियाकै सेयर बजार राताम्य छ आजभोली, भारतीय बजारमा ‘फ्री फल’, अन्य देशका बजारको हाल के छ ?

PRIME CA

नेप्सेमात्र होइन एशियाकै सेयर बजार राताम्य छ आजभोली, भारतीय बजारमा ‘फ्री फल’, अन्य देशका बजारको हाल के छ ?

९ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाली सेयर बजार मापक नेप्से परिसूचक नेप्से दशैँ अघि घटेर बन्द भयो । नेपालको छिमेकी राष्ट्र भारतको सेयर बजारमा त झन् एक हप्तामा ३००० को घटोत्तरी देखियो । तर नेपाल र भारतमात्र होइन, एशियाली बजारनै यतिबेला राताम्य भएको छ ।

इजरायल–हमासबिचको द्वन्द्व र उच्च स्तरमा उक्लिएको अमेरिकी ऋणपत्रको प्रतिफलका कारण एशियाली बजारमा गिरावट देखिएको अन्तराष्ट्रिय विश्लेषकहरुको दाबी छ । अहिले १० वर्षे अमेरिकी ऋणपत्रको प्रतिफल ५ प्रतिशत नजिक छ । यसको प्रभाव भारतमा नमज्जासँग देखिने संकेत छ । भारतको बजारमा पोर्टफोलियो लगानीकर्ताहरूले लगानी फिर्ता लैजाने सम्भावना धेरै रहेको अन्तराष्ट्रिय विश्लेषकहरुको दाबी छ।

यसो त भारतमा मात्र होइन एशियाली राष्ट्रका अधिकांश सेयर बजारको हालत उस्तै छ । बिहीबार एसियाली बजारमा अधिकांश शेयर बजार रातोमै देखिएका छन् । नेपालको अर्को छिमेकी राष्ट्र चीनमा साङ्हाई कम्पोजिट इन्डेक्स शून्य दशमलव ३ प्रतिशतले घटेको थियो भने यता जापानमा निक्केई २२५१ दशमलव ९१ प्रतिशतले घटेको थियो ।

यस्तै दक्षिण कोरियामा कोस्पी २ दशमलव ४ प्रतिशत तल आएको थियो भने सिंगापुरदेखि थाइल्यान्ड र हङकङसम्मका सेयर बजारहरु पनि राताम्य भएको स्थिति थियो । यसले इजरायल र हमासबीचको युद्ध लगायतका कारणले विश्वमै त्रास फैलिएको अनुमान अधिकांस एशियाली देशका विश्लेषकहरुले गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: