×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मारुती सिमेन्टले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

PRIME CA

मारुती सिमेन्टले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

अर्थ सरोकार

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार

काठमाडौं । मारुती सिमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कार्तिक २१ गते डाकेको साधारणसभामा प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव उल्लेख गरेको छ ।

साधारणसभाको प्रस्तावमा कम्पनीको हाल कायम ३० लाख थान अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्ने प्रस्ताव समेत रहेको छ । त्यस्तै, संचालक समितिले प्रस्ताव गरेको बोनस सेयर वितरण गर्ने, हकप्रद सेयर निष्काशन गर्ने र प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।

मरुतिले अग्राधिकार सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

उक्त सिमेन्टले आईपीओ निष्काशन गरेपछि नेपाली पुँजीबजारमा सिमेन्ट कम्पनीको संख्या चार पुग्ने भएको छ । हाल शिवम सिमेन्ट, घोराही सिमेन्ट र सोनापुर सिमेन्ट बजारमा सुचिकृत रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: