×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल सेक्युरिटिजको सिइओमा सिए. सुरेश देवकोटा नियुक्त, बैंकिङमा लामो अनुभव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नबिल सेक्युरिटिजको सिइओमा सिए. सुरेश देवकोटा नियुक्त, बैंकिङमा लामो अनुभव

Artha Sarokar

२१ आश्विन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल सेक्युरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । सेक्युरिटिजको संचालक समितिको बैठकले आश्विन २१ गतेदेखि लागु हुनेगरि चार वर्षको लागि देवकोटालाई कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।

करिब दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटा नबिल बैंक लिमिटेडको प्रमुख लगानी अधिकृतको रुपमा कार्यरत रहेका थिए । आफ्नो बैंकिङ करियर बि.सं. २०६२ सालमा नेपाल बैंक लिमिटेडबाट सुरु गरेका देवकोटाले लामो समय नेपाल बङ्गलादेश बैंकमा बिताएका थिए । गत वर्ष तत्कालिन नेपाल बङ्गलादेश बैंक नबिल बैंकमा गाभिए पश्चात देवकोटाले नबिल बैंकको प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए ।

व्यवसायिक रुपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का पूर्व पार्षद रहनुका साथै नेपाल लेखामान बोर्डका सदस्य समेत रहेका थिए । देवकोटाले नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्स लगायतका संस्थाहरुमा संचालक सदस्यको रुपमा पनि कार्य गरिसकेका छन् ।

बैंकिङ, वित्तिय क्षेत्र र पुँजी बजारमा विशेष दख्खल राख्ने देवकोटाको नेतृत्वमा नबिल सेक्यूरिटिजले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास कम्पनीको संचालक समितिले लिएको छ । देवकोटाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन शास्त्रमा स्नातकोत्तर पनि गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी