×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० अर्वको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

१० अर्वको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

Artha Sarokar

२५ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्व बराबरको विकाश ऋणपत्र बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक रकम जुटाउन राष्ट्र बैंकले असोज २५ गते बिहीबार ८ वर्षे अवधिको विकाश ऋणपत्र बिक्री गर्ने भएको हो ।

राष्ट्र बैंकले असोज २६ गते निष्काशन गर्न लागेको सो ऋणपत्रको दिउँसो ३ बजेसम्म बोलकबोल हुने भएको छ । विकास ऋणपत्र २०८८ ‘घ’ नाम दिइएको उक्त ऋणपत्र सर्वसाधारण नागरिक, बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बिमा कम्पनी तथा संगठित संस्थाहरुले खरिद गर्न सक्नेछन् ।

ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिनदिन पनि पाइनेछ । साथै, यसको ब्याजदर भुक्तानी अर्धवार्षिक रूपमा हुने जनाईएको छ । ब्याजदर बोलकबोलकको मध्यमबाट निर्धाराण हुने छ भने आर्जित ब्याजमा ब्याजकर लाग्ने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी समूहभित्र रहेर ऋणपत्र बिक्री गर्न लागिएको बैंकले जनाएको छ । प्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५ करोड रुपैयाँ र अप्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रुपैयाँ छुट्याइएको छ ।

इच्छुक लगानीकर्ताले ऋणपत्र खरिदका लागि अनलाइनबाटै आवेदन दिन सक्नेछन् । ऋणपत्र घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्काशन रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा हुनुपर्ने सूचनामा उल्लेख छ ।
3.Suchana-for-web-Upload

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी