×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालगंजमा अनिश्चितकालीन कर्फ्यु, अत्यावश्यक सेवा भनिए पनि सबै बैंक तथा वित्तीय संस्था बन्द !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपालगंजमा अनिश्चितकालीन कर्फ्यु, अत्यावश्यक सेवा भनिए पनि सबै बैंक तथा वित्तीय संस्था बन्द !

Artha Sarokar

१६ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लागेको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु लगाएको हो ।

ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीको क्रममा विवाद उत्पन्न भई सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहारजस्ता कार्यहरु बढेपछि कर्फ्यु आदेश जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सुचना जारी गरी असोज १६ गते दिउँसो १ बजे देखि अनिश्चितकासम्मका लागि कर्फ्यु लगाईएको जनाएको थियो ।

मोहम्मद डेको दिन नरैनापुरका एक युवाले सामाजिक सञ्जालमा इस्लाम समुदायप्रति जथाभावी लेखेपछि बाँकेमा धार्मिक तनाव बढेको थियो ।

 

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी