काठमाडौँ । धितोपत्र बोर्डका कर्मचारीहरुले हदैसम्मको लापरवाही गर्ने गरेका घटनाहरु नौला होइनन् । तर हाकाहाकी निर्जीवन बीमा कम्पनीलाई बोर्डको आधिकारिक कागजपत्रमासमेत जीवन बीमा कम्पनी भनेर लेखेर धितोपत्र बोर्डका कर्मचारीले बोर्डकै बेइज्जत गरेको पाइएको छ । बोर्डले हकप्रद सेयरको पाइपलाइनमा कुन कुन कम्पनी छन् भन्ने विवरण राख्ने क्रममा निर्जीवन बीमा कम्पनी एनएलजी इन्स्योरेन्सलाई लाइफ इन्स्योरेन्स भनेर उल्लेख गरेको हो।
यति गम्भीर लापर्वाही गर्दा पनि बोर्ड भने सामान्य प्राविधिक गल्ती भएको भन्दै पन्छिने प्रयास गरेको छ । बोर्डका सूचना अधिकारी तेज प्रसाद देवकोटाले यसलाई प्राविधिक वा टाइप गर्दाको त्रुटी भनेका छन् । ‘यो सामान्य टाइप गर्नेको त्रुटी हुनुपर्छ वा प्राविधिक त्रुटी हुनुपर्छ ।’ देवकोटाले अर्थ सरोकारसँग भने, ‘यस विषयमा म सम्बन्धित साखामा तुरुन्त खबर गर्छु।’
यता सेयर लगानीकर्ताहरुले भने बोर्डको यस्तो लापर्वाहीले बोर्डको औकात कहाँ छ भनेर देखाएको टिप्पणी गरेका छन् । कतिपय लगानीकर्ताले त ‘एनएलजी इन्स्योरेन्सलाई ‘लाइफ इन्स्योरेन्स’ देख्ने धितोपत्र बोर्डका कर्मचारी के खाएर अफिस जान्छन् हँ ?’ भनेर प्रतिप्रश्नसमेत गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्