काठमाडौँ । अमेरिकाबाट प्रकाशित हुने न्युओर्क टाइम्सले पोखरा विमानस्थलमा भएको एउटा ‘हत्याकाण्ड’को सनसनी खुलासा गरिदिएको छ । विमानस्थल निर्माणका क्रममा साइट मेनेजर झू झान्फेङ नाम गरेका चिनियाँले रक्सी पिएर गाडी चलाएको र सो गाडी चलाउँदा नेपाली नागरिक देवकुमार तामाङलाई ठक्कर दिई निज तामाङको मृत्यु भएको खुलासा न्युओर्क टाइम्सको सो रिपोर्टमा गरिएको छ ।
न्युओर्क टाइम्सका अनुसार सो घटना तीन बर्ष अघिको हो । तीन वर्षअघि झुले पोखरामा राति मदिरा पिएर नेपाली पैदल यात्रुलाई कुटेका थिए । प्रहरीको रिपोर्ट अनुसार राति ११ बजेतिर क्रसवाकमा हिँडिरहेका देवकुमार तामाङलाई श्री झुले मादक पदार्थ सेवन गरी कुटपिट गरेको, पोस्टमार्टमका अनुसार तामाङको पेटमा बलियो चोट लागेर मृत्यु भएको उल्लेख भएको तथ्यको समेत खुलासा गरेको छ ।
सो घटना सामसुम पार्न, सो विमानस्थल निर्माण कम्पनी CAMC ले तामाङको परिवारलाई १० लाख नेपाली रुपैयाँ क्षतिपूर्ति दिनको लागि सम्पर्क गरेको तथ्य पीडितका भाइ नवीन तामाङलाई उधृत गर्दै न्युओर्क टाइम्सले लेखेको छ । उनको परिवारले सो प्रस्ताव नमानेपछि कम्पनीले क्षतिपूर्तिको रकम दोब्बर बनाउने प्रस्ताव गरेको र नयाँ एयरपोर्ट भित्र कफी पसल खोल्न परिवारलाई ठाउँ दिने प्रस्ताव गरेकोसमेत सो रिपोर्टमा उल्लेख छ । कम्पनीको प्रस्ताव ग्रामीण पहाडी गाउँमा झुपडीमा बस्ने परिवारले प्रस्ताव स्वीकार गरेको तर तामाङको परिवारले पाउनुपर्ने रकम श्री झु जेलबाट रिहा भएपछि मात्र भुक्तानी गर्ने बताइएकोसमेत सो रिपोर्टमा उल्लेख छ ।
मुद्धा सुनुवाईका क्रममा झूले मदिरा सेवन गरेको स्वीकार गरेका छन् । उनी सो मुद्धामा दोषी ठहर भएपछि ४ महिनाका लागि जेल चलानसमेत भएका थिए । तर जिल्ला अदालतले गरेको सजायविरुद्ध झू उच्च अदालत गएको र उच्च अदालतले झूकै पक्षमा सो मृत्युमा मादक पदार्थ वा लापरवाही ड्राइभिङले भूमिका खेलेको थिएन भनेर फैसला गरेपछि झूको सजाय कम भएको थियो । तर ५० दिनको सजायपछि जमानत पाएका उनलाई सवारी साधन हत्याको थप गम्भीर आरोप लगाउनुपर्लाने र १० वर्षसम्मको जेल सजाय हुनुपर्नेमा निकै कम सजाय गरिएको परिवारको गुनासोसमेत रिपोर्टमा उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्