×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अख्तियारको छापा, कमिसन लिएको आरोपमा कर्मचारीको बैंक खाता रोक्का ! 

PRIME CA
GLOBAL IME BANK

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अख्तियारको छापा, कमिसन लिएको आरोपमा कर्मचारीको बैंक खाता रोक्का ! 

१४ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा छापा मारेको छ । विमानस्थल निर्माण आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अख्तियारले विमानस्थल निर्माण आयोजनामा छापा मारेको हो । 

अख्तियार स्रोतका अनुसार विमानस्थल निर्माणका क्रममा कमसल सामान प्रयोग गरी गुणस्तरहीन काम गरेको र कमिसन लिएको भन्दै आयोजनाका कर्मचारीविरुद्ध करिब दुई दर्जन उजुरी परेको थियो । 

सोही उजुरीका आधारमा अख्तियारले निर्माण आयोजनामा छापा मारेको हो । योसँगै अख्तियारले आयोजनामा काम गर्ने कर्मचारीको बैंक खातासमेत रोक्का गरेको अख्तियार स्रोतले पुष्टि गरेको छ ।

उक्त विमानस्थल गत जनवरीमा उद्घाटन भइ सञ्चालनमा समेत आइसकेको छ । 

२०७३ (सन् २०१६) साउनदेखि निर्माण सुरु भएको पोखरा अन्तराष्ट्रिय विमानस्थल इपिसी मोडलअन्तर्गत भ्याटसहित २४ करोड ४० लाख ४० अमेरिकी डलरमा निर्माण सम्पन्न भएको थियो । विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: