×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘साना बचतकर्ताहरुको लगानीको सुरक्षा गर्नुपर्छ’ : अर्थमन्त्री

PRIME CA
GLOBAL IME BANK

‘साना बचतकर्ताहरुको लगानीको सुरक्षा गर्नुपर्छ’ : अर्थमन्त्री

१५ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले साना आम बचतकर्ताको लगानीको सुरक्षा गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित धितोपत्र बजारको पूर्वाधार, उपकरण, लगानीकर्ताको व्यवहार र बजार स्थायित्व कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

त्यस्तै, उनले सेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक भएको बताएका थिए । उनले भने ‘सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी छ । आम लगानीकर्ता साना साना बचतकर्ताहरु छन् । उहाँहरुको लगानी सुरक्षित गर्न आवश्यक छ’ ।

उनले यससम्बन्धी नियम कानुन अपुरो भएको भन्दै र त्यसलाई पूर्णता दिने काम भइरहेको बताए । पहिलेको तुलनामा ब्रोकरहरु बढेको कारणले प्रतिस्पर्धाको सुरुवात गर्न पर्ने आवश्यकता देखिएको उनको भनाई छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: