काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले नियामकको केहि माइक्रोमेनेजमेन्टले सेयर बजार प्रभावित भएको बताएका छन् । विश्व लगानीकर्ता सप्ताहको अवसरमा सोमबार धितोपत्र बोर्डले आयोजना गरेको एक कार्यक्रममा बोल्दै महतले यस्तो बताएका हुन् ।
नेपालमा सेयर बजारको जानकारी सीमित लगानीकर्तामा रहेको भन्दै उनले उनीहरूले खेल्ने र कमाउने तर आम लगानीकर्ता फस्ने अवस्था आउनसक्ने खतरा रहेको बताएका थिए । साथै, नियामकका केही माइक्रोम्यानेजमेन्टले पनि बजार प्रभावित भएको बताउँदै उनले त्यसमा केही निर्णय आउने अपेक्षा गरेको बताए ।
त्यस्तै, लगानीका नयाँ-नयाँ औजार विकास भएको र सूचना क्रान्तिले नयाँ अवसरसँगै चुनौति आएको बताउँदै उनले भने, ‘त्यससँगै हामीले आफूलाई पनि तयार राख्नुपर्छ । लगानीकर्तामा साक्षरता बढाएर सबै लगानीकर्तालाई सचेत बनाउन जरूरी छ ।’
बोर्डले लगानीकर्ताका गुनासा सुनुवाईका लागि एआईमा आधारित च्याटबट सेवा सञ्चालनमा ल्याएको र उक्त च्याटबटले लगानीकर्ताको जिज्ञासा र गुनासो राख्ने सहज प्लाटर्फम सुरू भएको महतले बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्