काठमाडौँ । सेयर बजार खारेज गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका सांसद प्रेम सुवालको सो अभिव्यक्तिविरुद्ध सेयर लगानीकर्ताहरुको आवाज प्रकाशन / प्रशारण गरेपछि सांसद प्रेम सुवालले अर्थ सरोकारमाथि संसदमै प्रहार गरेका छन् । उनले सेयर बजारका माफियाहरुले अर्थ सरोकारलाई मुखपत्र बनाएको आरोप लगाएका छन् । विद्युत विधेयकको विरोध प्रस्ताव राख्ने क्रममा सांसद सुवालले यस्तो आरोप लगाएका हुन् ।
यता अर्थ सरोकारका सम्पादक तथा प्रकाशक सुरज प्याकुरेलले प्रेम सुवालको अभिव्यक्ति पूर्वाग्रही भएको बताएका छन् । सांसद सुवालको अभिव्यक्ति आएलगत्तै उनले सामाजिक संजालमा सांसद सुवाललाई सो अभिव्यक्ति पुष्टी गर्न चुनौती दिएका हुन् ।
केहि दिन अगाडी मात्र पनि प्रेम सुवालको अभिव्यक्तिमाथि सांसद हरि ढकालले गरेको विरोधसहितको अन्तर्वार्तासमेत अर्थ सरोकारले प्रशारण गरेको थियो ।
सो अगाडी सांसद सुवालले संसदमा सेयर बजार नै खारेज गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । सुवालको सो अभिव्यक्ति विवादित बनेपछि लगानीकर्ताहरु उनीप्रति आक्रोशितसमेत भएका थिए । लगानीकर्ताको सो आक्रोशलाई अर्थ सरोकारले प्राथमिकताका साथ प्रकाशन / प्रशारण गरेपछि सांसद सुवाल अर्थ सरोकारसँग चिडीएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्