काठमाडौँ । सांसद प्रेम सुवालले सरकारी बैंकको सेयर आर्थिक अपराधीहरुको हातमा पुगेको बताएका छन् । मंगलबार संसदमा बोल्दै सुवालले यस्तो आरोप लगाएका हुन् । विद्युत विधेयकको विरोध प्रस्ताव पेश गर्ने क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘नेपाल बैंक, कृषि बिकास बैंक र राष्ट्रिय बाणिज्य बैंकको सेयर आर्थिक अपराधीहरुको हातमा दिनु सरकारको देशघाती र आत्मघाती काम हो ।’ संसदमा बोल्दै सुवालले भने ।
यस अघि सेयर बजार नै खारेज गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका सुवालको सो अभिव्यक्तिको सेयर लगानीकर्ताहरुले चर्को विरोध गरेका थिए । सो विरोधको खबर अर्थ सरोकारले प्रकाशन / प्रशारण गरेपछि सांसद सुवालले अर्थ सरोकारलाई नै सेयर माफियाहरुको मुखपत्र भएको समेत आरोप लगाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्