×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री र गृहमन्त्री दुवैलाई एकै साथ स्वास्थ्यमा समस्या !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रधानमन्त्री र गृहमन्त्री दुवैलाई एकै साथ स्वास्थ्यमा समस्या !

Artha Sarokar

२ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठलाई एकै साथ स्वास्थ्यमा समस्या आएको छ ।

प्रधानमन्त्री प्रचण्डले असोज ३० गते मंगलबार पश्चिम नेपालको एक कार्यक्रम सहभागी भएका बेला छातीमा असहज महसुस गरेका थिए । प्रचण्डलाई असहज अनुभूति भए पछि काठमाडौं स्थित नर्भिक अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको थियो ।

उक्त घटना घटेको ४२ घण्टा नपुग्दै गृहमन्त्री नारायण काजी श्रेष्ठको स्वास्थमा समस्या देखिएको थियो । श्रेष्ठ बेईजिङको बिआरआईको कार्यक्रममा भाग लिन चीन गएका थिए । सोहि समयमा उनलाई हृदयघात भएको हो । उनलाई बेइजिङस्थित युनियन अस्पताल भर्ना गरिएको थियो ।

आहिले भने प्रधानमन्त्री र गृहमन्त्री दुवैको स्वास्थ्यमा सुधार आएको जनाईएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी