काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले आफ्नै पहलमा सेयर कर्जाको सिमा बढेको बताएका छन् । आइतबार काठमाडौँमा धितोपत्र ब्रोकर एसोसिएसन र अर्थ सरोकारले संयुक्त रुपमा आयोजना गरेको ‘विश्व लगानिकर्ता सप्ताह २०२३ अन्तर्क्रिया तथा समापन’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भनेको भएर नै नेपाल राष्ट्र बैंकका गभर्नरले व्यक्तिगत र संस्थागत सेयर धितो कर्जाको सीमा बढाएर १५ र २० करोड पुर्याएको बताएका थिए । त्यस्तै, प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा बैंकले लगानी गर्ने व्यवस्था गरेको पनि उनले भनेको भएर नै भएको बताएका थिए । ‘राष्ट्र बैंकले प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा बैंकले लगानी गर्ने व्यवस्था गरेको पनि मैले नै भनेर हो,’ उनले भने, ‘राष्ट्र बैंकले गरेको यो व्यवस्थाले स्टार्ट अपलगायतलाई सहज हुन्छ र पुँजीबजारले पनि फड्को मार्छ ।’
त्यस्तै, अध्यक्ष हमालले ‘प्रिमियम’ भन्ने शब्द नै गलत भएको बताएका थिए । ‘विश्वमा यो व्यवस्था कहीँ छैन,’ उनले भने । त्यसैगरी, कागजमा कुनै कम्पनी राम्रो भयो भनेर कम्पनी राम्रो नहुने समेत उनले बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्