×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तस्विरमा हेर्नुहोस् ‘सडक सचेतना सप्ताह २०८०’ (फोटो-कथा)

PRIME CA

तस्विरमा हेर्नुहोस् ‘सडक सचेतना सप्ताह २०८०’ (फोटो-कथा)

१४ आश्विन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । काठमाडौँमा ‘सडक सचेतना सप्ताह २०८०’ सुरु भएको छ । सवारी व्यवस्थापन, दुर्घटना न्यूनिकरण तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि आइतबारदेखि काठमाडौँमा ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८०’ सुरु भएको हो । सप्ताहको काठमाडौँ उपत्यका ट्राफिक कार्यालय र काठमाडौँ महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरिएको हो । 

आइतबार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रमकाबीच सप्ताह सुरु गरिएको हो । एक हप्तासम्म निरन्तर चल्ने उक्त सप्ताह कार्यक्रमको पहिलो दिन बाजागाजासहित गृहमन्त्री श्रेष्ठ, ट्राफिक प्रहरी, ट्राफिक स्वयम्‌सेवक, विद्यार्थी तथा स्थानीयहरुले विभिन्न सचेतनामूलक ‘प्लेकार्ड’सहित प्रभातफेरी गरेका थिए । यसरी एक हप्तासम्म विभिन्न सडक सचेतनामूलक कार्यक्रमहरु गरिने काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । 

उक्त सप्ताह कार्यक्रम अवधिभर विद्यालय सम्पर्क कार्यक्रम, चालक र सहचालकहरुको स्वास्थ्य परीक्षण तथा सडक चेतनामूलक पर्चा पम्प्लेट वितरण गरिनेछ । सप्ताहको पहिलो दिन गरिएको सचेतनामूलक प्रभातफेरी फोटो फिचरमा हेर्नुहोस्ः 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: