काठमाडौँ । पछिल्लो समय सेयर धितो कर्जा प्रवाहमा वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा सेयर धितो कर्जा १ अर्ब ३७ करोड रुपैयाँले बढेको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कुल ७६ अर्ब ३० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो । तर, चालु आर्थिक वर्षको पछिल्लो दुई महिनामा सेयर धितो कर्जामा १.८ प्रतिशत वृद्धि भएर ७७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकको कसिलो नीति र मन्दीका कारण खुम्चिएको सेयर धितो कर्जा बढ्नुमा नियामकीय लचकता प्रमुख कारण रहेको जानकारहरु बताउँछन् । यसो त यसअघि राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा तोकेपछि सेयर धितो कर्जा घटेको थियो । तर, साउनदेखि भने सेयर धितो कर्जा पुनः बढ्न थालेको छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत ५० लाखसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार कायम गरेसँगै २५ लाखदेखि ५० लाख रुपैयाँसम्म सेयर धितो कर्जा लिनेहरु पनि बढेका छन् ।
तर, सेयर धितो कर्जामा वृद्धि देखिए पनि अहिले बजारमा सबै पैसा नआएको सेयर विश्लेषकहरुले बताएका छन् । ‘अहिले सेयर धितो कर्जा बढेको तथ्यांकले पुष्टि गर्छ । यो समग्र पूँजी बजार र अर्थतन्त्रका लागि राम्रो पक्ष हो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै एक अग्रज लगानीकर्ताले भने, ‘तर, सेयर धितो कर्जामार्फत लिएको सबै पैसा बजारमा आइसकेको छैन ।’ तर, बियरिस बजारको फाइदा उठाउनका लागि पनि अहिले सेयर धितो कर्जा लिनेहरु बढेको विश्लेषकहरुको भनाई छ ।
राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म २५ लाखदेखि ५० लाख रुपैयाँसम्म १३ अर्ब ८८ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । यसो त राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाएर व्यक्तिगततर्फत १५ करोड र संस्थागततर्फ २० करोड रुपैयाँ पुर्याएको छ । यसले पनि आगामी दिनमा सेयर धितो कर्जा बढ्ने अनुमान गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्