×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वर्ल्ड इन्भेष्टर्स विक :डीबीएएन र अर्थ सरोकारको आयोजनामा सेयर सचेतनाको पहिलो कार्यक्रम सम्पन्न (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

वर्ल्ड इन्भेष्टर्स विक :डीबीएएन र अर्थ सरोकारको आयोजनामा सेयर सचेतनाको पहिलो कार्यक्रम सम्पन्न (फोटो-कथा)

१६ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वर्ल्ड इन्भेष्टर्स विकको अवसरमा धितोपत्र ब्रोकर एसोसिएसन, र अर्थ सरोकार डटकमको संयुक्त आयोजनामा सेयर बजार सचेतना कार्यक्रमअन्तर्गतको पहिलो कार्यक्रम मंगलबार काठमाडौँको रिलायन्स कलेजमा सम्पन्न भएको छ । धितोपत्र बोर्डकोको कार्यक्रम वर्ल्ड इन्भेष्टर्स विकअन्तर्गतको पहिलो कार्यक्रम रिलायन्सका विद्यार्थीहरुलाई सेयर सचेतना गराएर सम्पन्न भएको हो ।

कार्यक्रममा अग्रज लगानीकर्ता दुर्गा तिवारी प्रमुख अतिथिका रुपमा उपस्थित थिइन् । सेयर बजारका अध्येयता सुबास चन्द्र भट्टराईले सेयर सचेतना तालिम दिएको उक्त कार्यक्रममा १०० बढी विद्यार्थीहरु उपस्थित थिए । कार्यक्रममा धितोपत्र ब्रोकर एसोसिएसनमा आवद्ध संघका पदाधिकारीहरु, अन्य ब्रोकरहरु, रिलायन्स कलेजका प्रतिनिधिहरु, र सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथि दुर्गा तिवारीले सेयर बजारमा आफ्नो अनुभवबारे बोलेकी थिइन् भने संघका उपाध्यक्ष अतित लाल श्रेष्ठले कार्यक्रममा उपस्थितहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । संघका महासचिव कृष्ण गिरीले संचालन गरेको सो कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका प्रिन्सिपल रबिन्द्र जंग थापाले लगानीकर्ता सप्ताहमा आफ्नो कलेज जोडिन पाउनु गर्वको विषय रहेको बताएका थिए । कार्यक्रममा संघका अध्यक्ष सागर ढकालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने अर्थ सरोकार डटकमका प्रधान सम्पादकले कार्यक्रमको सान्धर्भिकताबारे प्रष्ट पारेका थिए ।

लगानीकर्ता सप्ताहको अवसरमा अर्थ सरोकार डटकम र धितोपत्र ब्रोकर एसोसिएसन मिलेर सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको छ । जसमा विभिन्न कलेजमा सेयर सचेतना दिने, सेयर बजार सम्बन्धि अन्तरक्रिया गर्ने, सेयर बजारसम्बन्धि बहसको आयोजना गर्ने लगायतका कार्यक्रम छन् । बाँकी फोटो कथामा हेर्नुहोस् :

   

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी