Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंकले सेयरधनीलाई ४.१२ प्रतिशत लाभांश दिने

अर्थ सरोकार

काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । बैंक गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

बैंकको बुधबार बसेको संचालक समितिको बैठकले करसहित ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश राष्ट्र बैंक र सिद्धार्थ बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र वितरण गर्ने बैंकले जनाएको छ ।

बैंकले गत आर्थिक वर्षमा भने १२.०५ प्रतिशत बोनस सेयर र ०.६६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK